काठमाडौं । जेनजी आन्दोलनमा भएको दमन र भोलिपल्टको विध्वंशबारे जाँचबुझ गर्न गठित आयोगले दुई...

पुरा पढ्नुहाेस्

काठमाडौंबाट बाहिर जाने यात्रुसँग बढी भाडा लिने ८ जना पक्राउ

4.88K
shares
khanepani bord

काठमाडौं । ट्राफिक प्रहरीले यात्रुसँग बढी भाडा असुलेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ।

मंगलबारदेखि काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा बढी क्षमता भएका सवारीसाधन चलाउन अनुमति दिएको थियो। लामो दूरीका बस भने चलाउन दिइएको छैन।

केहीले रिजर्भ गरेर गाडी लिने गरेका छन्।

यात्रुहरूसँग तोकिएकोभन्दा बढी भाडा लिएको भन्दै आठ जनालाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

उनका अनुसार महाशाखाले यात्रुहरू ठगिन सक्ने भन्दै विशेष टोली खटाएको थियो।

उक्त टोलीले काठमाडौंबाहिर जाने यात्रुहरूसँग तोकिएभन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने छ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो।

दाङका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गिमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दिपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल छन्।

त्यस्तै, काठमाडौंबाट उदयपुरसम्म जाने यात्रुहरू प्रत्येकबाट ३ हजार रुपैयाँ भाडा लिएको आरोपमा कोटेश्वरबाट एक जनालाई पक्राउ गरेको हो।

ट्राफिक प्रहरीले उदयपुरका बा १६ च २१८४ नम्बरको प्राइभेट गाडी चलाउने २९ वर्षीय राकेश रसाइलीलाई पक्राउ गरेको हो।

चाबहिलबाट सोलुखुम्बु जाने यात्रुहरूसँग प्रति व्यक्ति ५ हजारसम्म भाडा लिने २५ वर्षीय झनकबहादुर घिमिरेलाई पनि ट्राफिक प्रहरीले पक्राउ गरेको हो।

घिमिरेले ना १ ज ७०२९ नम्बरको टाटा सुमोमा सोलुखुम्बु जाने यात्रुसँग बढी भाडा लिएको आरोपमा पक्राउ गरेको हो।

IME
khanepani