काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र...

पुरा पढ्नुहाेस्

क्रियाशील सदस्यता विवादबारे छलफल गर्न, देउवाले बोलाए पार्टी पदाधिकारीको बैठक

5.19K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठक बोलाएका छन्।

महाधिवेशन तयारी सम्बन्धी छलफलका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले महाधिवेशन तयारीबारे बैठक बस्न लागेको बताए।

कांग्रेसमा क्रियाशील सदस्यताबारे विवाद छ। आठ लाख ३० हजार क्रियाशील सदस्यमध्ये अहिलेसम्म ५ हजार उजुरी परेका छन् भने सिन्धुपाल्चोक, बारा, सप्तरी र रूकुम पश्चिमबाट क्रियाशील सदस्यता इन्ट्री भइरहेका छन्।

वडा तहबाट सिफारिस नभईकन क्रियाशील सदस्यको सूचीमा नाम आएपछि विवाद देखिएका छन्। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानविन समितिले क्रियाशीलबारे देखिएका विवाद हल गर्दैछ।

आजको बैठकमा पदाधिकारी, पूर्वपदाधिकारी र क्रियाशील सदस्यता छानविन समितिका संयोजक लेखक सहभागी हुनेछन्। यसअघि पनि देउवाले शीर्ष नेताको बैठक राखे पनि क्रियाशीलका मापदण्डबारे नेताहरूबीच सहमति हुन सकेको थिएन।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म छ। वडा अधिवेशन साउन १२ गतेदेखि छ। उक्त अधिवेशनका लागि क्रियाशील सदस्यको नामावली तयार भइसक्नुपर्ने हुन्छ किनभने अधिवेशनका मतदाता क्रियाशील सदस्य हुन्छन्।

IME
khanepani