काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न...

पुरा पढ्नुहाेस्

कालीगण्डकी डाइभर्सन सधैंका लागि बन्द गर्न आग्रह

6.45K
shares
khanepani bord

काठमाडौं । गण्डकी सभ्यताको जैविक विविधता र मानवीय सभ्यतामा संकट निम्त्याउने भन्दै ‘कालीगण्डकी डाइभर्सन’ परियोजना सधैंका लागि रोक्न जनस्तरबाट माग गरिएको छ ।

बिहिबार ‘कालीगण्डकी बचाऔं अभियान’को तर्फबाट एक प्रेस विज्ञप्ति जारी गर्दै विनाशकारी परियोजना तत्काल रोक्न केन्द्र सरकारलाई ध्यानाकर्षणसमेत गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘यसै नदीको नामबाट ‘गण्डकी प्रदेश’ को नामकरण हुनुले पनि नदी र यो सभ्यताको अन्योन्याश्रित सम्बन्धलाई प्रष्ट पार्छ । सिङ्गो नदीलाई अर्कोतर्फ मोड्ने परियोजना गण्डकीवासीको आस्था र संस्कृतिमाथिको खेलबाड हो ।’

साथै नदी किनारमा ढुंगा र बालुवा उत्खनन गर्ने कार्य तत्काल रोक्न तीनै तहका सरकारसँग माग गरिएको छ । पर्वत, बाग्लुङ, पाल्पा जिल्लाका स्थानीय तथा अभियन्ताहरूले अहिले कालीगण्डकी बचाउन आन्दोलन गरिरहेका छन् ।

IME
khanepani