नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटी बैठक जारी छ । बानेश्वरस्थित एक ब्याङ्क्वेटमा बैठक जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरेर केन्द्रीय कमिटी कायम गरेपछि यो समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । अध्यक्ष ओलीले एमालेको केन्द्रीय कमिटी कायम भएकाले भोलिको बैठकमा नेता नेपालसहित सबैलाई बोलाउने तयारी गरेका छन् ।

तर २ जेठ २०७५ अगाडिको कमिटी कायम नभएकाले अध्यक्ष ओलीले बोलाएको बैठकमा जाने वा नजानेबारे छलफल गर्न बैठक बसिरहेको छ ।

१७,असार.२०७८,बिहीबार १३:३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्