काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताए

5.34K
shares
khanepani bord

काठमाडौं । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले नागरिकले अहिले राणकालीन बडाहाकिमको शासन बेहोर्नु परेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाली कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता अधिकारीले मुलुकमा प्रमुख जिल्ला अधिकारी (सिडिओ) मार्फत् सरकार चलाउने काम भएको बताए ।

आम नेपाली जनताले राणाकालीन बडाहाकिमको शासन बेहोर्नु परेको छ । सिडिओमार्फत् सरकार चलाइदैछ । यो कहिलेसम्म जाने हो ? उनले प्रश्न गरे । कोरोना महामारीका बेला संसद् विघटन गरेर चुनाव घोषणा गरिएको बारेमा पनि अधिकारीले प्रश्न उठाएका छन् ।

म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ? अधिकारीले सोधे, ‘विशेषज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?

प्रधानमन्त्रीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले अहिलेको परिस्थिति आइलागेको उनले बताए । आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको पनि अधिकारीले बताए ।

‘प्रधानमन्त्रीले आफ्नो पार्टी जोगाउनु भएन । एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एकठाउँ राख्न सक्नु भएको छैन । आफ्नो सहयोगी समर्थक समेत समेट्न नसक्नेले हामी प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास कम्तिमा मैले त गर्न सकिनँ’, अधिकारीले भने ।

प्रधानमन्त्रीले अरुलाई विश्वासमा लिन नसक्नुकै परिणाम पाँच सदस्यीय काम चलाउ सरकारको नेतृत्व गर्न पुगेको उनले बताए ।

IME
khanepani