
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पार्टी अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा भाग लिन बालुवाटार गएका छन् ।
गौतमका छोरा तथा एमाले बर्दियाका नेता हरिश गौतमले उपाध्यक्षको हैसियतमा गौतमलाई प्राप्त भएको पत्र सार्वजनिक गर्दै बैठकमा सहभागी हुन बालुवाटार प्रस्थान गरेको बताएका छन् ।
२०७५ जेठ ३ पूर्वको केन्द्रीय कमिटी बैठकमा भाग लिन गौतम सकारात्मक रहेको यसअघि एमाले केन्द्रीय कार्यालय सचिव शेरवहादुर तामाङले बताएका थिए
।
प्रतिक्रिया दिनुहोस्