काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले राष्ट्रमा आएको संकट...

पुरा पढ्नुहाेस्

आन्दोलनको थप रणनीति बनाउँदै, विपक्षी विद्यार्थी गठबन्धन

5.38K
shares
khanepani bord

काठमाडौं । विपक्षी गठबन्धननिकट विद्यार्थी संगठनहरूको बैठक बसेको छ । बुद्धनगरमा जारी बैठकले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको समीक्षा र थप कार्यक्रमबारे निर्णय लिने नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सिनाले जानकारी दिए ।

‘प्रतिगमनविरुद्धको आन्दोलनमा भएको दमनको भत्सर्ना गरेका छौं । आन्दोलन सफल भएको हाम्रो निष्कर्ष छ र आगामी रणनीति आज तय गर्नेछौं’, महामन्त्री तिमिल्सिनाले भने ।

बैठकमा नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ, अनेरास्ववियू (माधव नेपाल पक्ष) का अध्यक्ष सुदेश पराजुली, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ, अखिल छैटौंका अध्यक्ष विमल पोखरेल लगायतका विद्यार्थी नेता सहभागी थिए ।

IME
khanepani