काठमाडौं । पूर्व प्रधानन्यायधिश भएको मानिस जान जानी संविधान मिचेर प्रधानमन्त्री भएको भन्दै एमाले...

पुरा पढ्नुहाेस्

१० लाख डोज कोरोनाको खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ मा बेइजिङ जाने

4.45K
shares
khanepani bord

काठमाडौ । काठमाडौ कोरोना भाइरसविरूद्ध लगाइने खोप लिन नेपाल एयरलाइन्सको जहाज असार २४ गते चीनको बेइजिङ जाने भएको छ।

सरकारले चीनबाट १० लाख डोज खोप ल्याउने तयारी गरेको छ।

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले आगामी बिहीबार खोप लिन चीन जाने गरी तयारी गरेको बताए।

असार २४ गते बेइजिङ जाने तयारी गर्दैछौं। अहिलेलाई १० लाख डोज भन्ने कुरा छ। तर यसपटक तौललाई अलिक व्यवस्थापन गरेर धेरै अटाउने भन्ने पनि कुरा छ। त्यो भयो भने दुईचार लाख डोज बढी ल्याउन सकिन्छ पौडेलले बताए ।

उनले खोप लिएर जहाज भोलिपल्टै नेपाल फर्किने बताए। चीनबाट ल्याउन लागिएको उक्त खोप ुनन डिस्क्लोजर एग्रिमेन्टु अन्तर्गत ल्याउन लागिएको हो। जसमा कम्पनीले खोपको मुल्य खुलाएको छैन ।

नेपालले चीनबाट खोप खरिद गर्ने भनेपछि त्यहाँको कम्पनीले नन डिस्क्लोजर एग्रिमेन्टु अन्तर्गत रहेर मात्र खोप दिने भनेपछि सरकारले सोहीअनुसार सहमति जनाएको हो। अब आउने खोप कसलाई लगाउने भन्नेबारे तय भइसकेको छैन।

यसअघि भने चीनले नेपाललाई दुई चरणमा गरेर १८ लाख खोप अनुदानमा दिइसकेको छ। जसअनुसार दोस्रो चरणमा आएको १० लाख डोज खोपको पहिलो मात्रा लगाइसकिएको छ। उक्त खोपको दोस्रो मात्रा भने आगामी असार २२ गतेदेखि लगाइने भनिएको छ।

khanepani