
काठमाडौँ । नेपाल परराष्ट्र सेवाका दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस भएका छन् ।
बढुवा समितिले शुक्रवार कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाका लागि परराष्ट्र मन्त्रालयका उपसचिवद्वय कृष्ण चन्द्र अर्याल र धनबहादुर ओलीको नाम सिफारिस गरेको हो ।
यस अघि बिहीबार बढुवा समितिले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि तीन जनाको नाम सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्