काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसँग अभियन्ता एवं नागरिक बचाउ दलका संरक्षक दुर्गा...

पुरा पढ्नुहाेस्

दरौंदीको बाढीले बगायो बारपाक जोड्ने पुल

4.75K
shares
khanepani bord

काठमाडौं । अविरल वर्षापछि दरौंदी नदिमा आएको बाढीले गोरखाको बारपाक जोड्ने पक्की पुलको एकापट्टी भाग बगाएको छ।

गए राति आएको बाढीले बारपाक सुलिकोट गाउँपालिका र अजिरकोट गाउँपालिका जोड्ने बालुवास्थित पुलको एक भाग बगाएको हो।

अजिरकोट गाउँपालिका बालुवातर्फ पुलको एक भाग बाढीले बगाएको स्थानीय प्रदीप घलेले जानकारी दिए।

बाढीले पुलको एक भाग बगाउनु साथै ठाउँठाउँमा पहिरो गएकाले गोरखा-बारपाक सडक अवरुद्ध भएको छ।

केहीदिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा आएको बाढीले वरपरको खेत लगाइएको धानबालीमा समेत क्षति पुर्‍याएको छ ।

स्थानीयका अनुसार दरौदी नदीमा अहिलेसम्मकै सवै भन्दा ठूलो बाढी आएको हो ।

khanepani