“नकाब”धारीहरुबाट सावधान !!

- अस्मिता भण्डारी

“नकाब”धारीहरुबाट सावधान !!

बिरोधीहरु त बिराेधी भइगए
तर, आफ्ना जस्ता देखिने
‘नकाब’ धारीहरुबाट
साबधान हुने बेला आएकाे छ!
अहिले देश दुखेको पीडाकाे बेला
नकाबधारीहरु
आफ्नो असली भूमिकामा
प्रकट हुदैछन् ।
माटाेकाे माया गर्नेहरु ,
अन्यायका बिरुद्ध लड्नेहरु
परिवर्तनकालागि मसाल बाेक्नेहरु
एकै माेर्चामा गाेलबन्द भएर शंखघाेष गराैं!!
अन्यायका विरुद्ध समानता र प्राप्तिका लागि
एकजुट हाेओेै !!
नकाबधारीहरुकाे नकाब उतार्ने बेला आएको छ !!
भाषा ,संस्कृति र धर्मका बिरुद्ध लाग्नेहरु
जात भूगोल र पानीमा रंगीन चित्र काेर्नेहरु
आफन्तकै छातीमा गाेली ठाेकेर
मानवअधिकारकाे रटान छेड्नेहरुसँग साबधान!!
चिनेर दुश्मनका पदचापहरु
सावधान !!
बिरोधीहरु त बिराेधी भइगए
तर, आफ्ना जस्ता देखिने
‘नकाब’ धारीहरुबाट
साबधान हुने बेला आएकाे छ!
सावधान !!

यो पनि पढ्नुहोस  सँगै काम गर्ने महिलासँग जब श्रीमान फसे, अनि मर्न अाैषधी खाएँ
१९,असार.२०७८,शनिबार ११:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: