कहॅा होला स्वर्ग

कहॅा होला स्वर्ग

कहां होला स्वर्ग देखेछैन मैले
कस्तो हुन्छ नर्क बुझेछैन कहिले
जब मन हांस्छ त्यहिं स्वर्ग लाग्छ
जुनबेला दुख्छ मन त्यहि होला नर्क भने झैं
मनले ठान्छ जहिले
कहॅा होला स्वर्ग देखेछैन मैले
कस्तो होला नर्क बुझेछैन कहिले
त्यहि हॅासोमा स्वर्ग र पिडामा नै नर्क
लुकेको भेटेकि छु मैले जहिले
जति जति खुशी देख्छु र हुन सक्छु मैले
त्यतिबेला
स्वर्गको आनन्दमा म भेट्छु आफुलाई
रमाएको जहिले
कहॅा होला स्वर्ग देखेछैन अर्को मैले
कस्तो होला नर्क बुझेछैन कहिले
जीवनको यात्रामा को पुग्ने हो कहॅा
बाचुन्जेल देख्नपाउने आशा राखेकि छु
मैलै
बाचा र कसम त नखाउॅहोला
जुन समयले पुरा हुनदिन्न
यहॅा कसैको कहिल्यै
थाहा छैन यात्रा गर्दा गर्दै यात्रामा
कस्को बाटो टुगिंने हो कहॅा पहिल्यै
बरु खाउॅ कसम आफैसंग आफैले
म, दु:खि हुन्न भनि कहिल्यै
जति जति खुशी देख्छु र हुन सक्छु मैले
त्यतिबेला
स्वर्गको आनन्दमा म भेट्छु आफुलाई
रमाएको जहिले
कहॅा होला स्वर्ग देखेछैन मैले
कस्तो होला नर्क बुझेछैन कहिले

१९,असार.२०७८,शनिबार ०९:१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्