प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउने अभियान दावी गरे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको बताए ।

अब भ्याक्सिन लगातार आउनेछ, भ्याक्सिनको क्याम्पेन नै चल्नेछ’ उनले भने, हामी भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अगाडि बढेका छौं ।
उनले अघि भने, ‘बीचमा हामीलाई भ्याक्सिन पाउन कठिन भएको थियो, विभिन्न मित्रराष्ट्रसँग संवाद गरेर त्यसलाई समाधान गरेका छौं ।

प्रधानमन्त्री ओलीले कोरोना भाइरसबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोप मार्फत कोरोना सर्न नपाउने स्थितिमा पु¥याउने बताए ।

उनले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने पनि बताएका छन् ।

सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दावी गर्दै प्रधानमन्त्री ओलीले खोप आउन थालेपछि थप सुरक्षित हुने बताए ।

१९,असार.२०७८,शनिबार १३:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्