
झापा । झापाको साहित्यकार सरोज ओलीलाई अर्जुनधारा दीर्घ साहित्य सेवा पुरस्कार–२०७८ प्रदान गरीए छ । पुरस्कारको राशि रु ५१ हजार र ताम्रपत्र रहेको छ । साहित्यकार ओली आधा शताब्दीदेखि साहित्य क्षेत्रमा क्रियाशील थिए ।
नगरपालिकाले गठन गरेको भाषा, कला, साहित्य तथा संस्कृति प्रवद्र्धन समितिकी संयोजक सुशिला सुवेदीले बताए। समितिले यो पुरस्कार यसै वर्षदेखि प्रदान गर्न लागेको हो । अर्जुनधारा नगरपालिकाले यही असार २५ गते पुरस्कार वितरण गर्ने जनाएको छ ।
अर्जुनधारा नगरपालिका साहित्यका लागि उर्वरभूमिका रुपमा परिचित छ । मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धरावासी र पद्मश्री पुरस्कार विजेता कृष्ण बरालसमेत यही नगरका बासिन्दा हो ।
प्रतिक्रिया दिनुहोस्