काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

अविरल बर्षाका कारण धादिङ र मकवानपुरका सडकमा १९ ठाउँ पहिरो, देशभर दर्जनबढी सडक भए अवरूद्ध

5.5K
shares
khanepani bord

काठमाडौ । केही दिनयता देशभर वर्षासँगै दर्जनौं सडकमा पहिरो गएको छ। सडक विभागका अनुसार पहिरोका कारण १५ वटा सडक अझै अवरूद्ध छन्।

५७ वटा सडकखण्ड एकतर्फी सुचारू गरिएको छ भने ३० ठाउँमा दुबैतर्फ सडक खुलाइएको छ।

विगभाका अनुसार पाल्पा, बाजुरा, सिन्धुली, मनाङ, दैलेख, बाजुरा, सिन्धुपाल्चोक, पर्वत, गुल्मी, सुर्खेत, रसुवा, लमजुङ, धादिङ, मकवानपुर, बर्दिया, गोरखा लगायत जिल्लाका सडकमा पहिरो गएको छ।

धादिङमा ९ ठाउँमा पहिरो गएको छ। मकवानपुर १० ठाउँमा पहिरो गएको छ। मकवानपुरमा तीन ठाउँ सडक अवरूद्ध रहेको सडक विभागले जनाएको छ। सिन्धुपाल्चोकमा दुई ठाउँमा सडक अवरूद्ध भएको छ।

मनाङ र लमजुङका सात ठाउँमा पहिरोले सडक अवरूद्ध बनेको छ। कतिपय स्थानमा प्रहरी तथा सडक विभागको टोली एकतर्फी या दुबैतर्फ सडक खुलाए पनि वर्षा र पहिरोका कारण धेरै ठाउँका सडक अवरूद्ध बनेको विभागले जनाएको छ।

IME
khanepani