काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना, भक्तपुरमा कार्यरत सव-इन्जिनियर...

पुरा पढ्नुहाेस्

रौतहटका बस्तीमा पसेको जंगली हात्ती भारत पनि पस्यो

5.3K
shares
khanepani bord

रौतहट । वनक्षेत्रबाट शनिबार रौतहटका बस्तीमा पसेको जंगली हात्ती भारतीय क्षेत्रमा पसेको छ ।

शनिबार दिनभर वन कार्यालय, निकुन्ज र सुरक्षाकर्मीको टोलीले हात्तीलाई नियन्त्रणमा लिने प्रयास गरे पनि सफल भएनन् ।

बारा जिल्लाबाट रौतहटको देवाही गोनाही नगरपालिकाको उत्तरी क्षेत्र हुँदै बस्तीमा पसेको हात्ती शिवनगर, मिठुअवा, जेठरहिया, पचरुखी हुँदै अन्तिम पटक शनिबार राति राजदेवी नगरपालिकाको बेलबिछवामा देखिएको थियो ।

अहिले भने लक्ष्मीपुर बेलबिछवा हुँदै हात्ती भारतीय क्षेत्रमा पसेको प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले बताए ।

हात्ती भारतको बिहार सितामढी जिल्लाको मसहातर्फ गएको सो हात्ती जोडियाही भन्ने स्थानमा रहेको जानकारी प्राप्त भएको उनले बताए ।

जंगली हात्तीले शिवनगरको एक घरमा क्षति पुर्‍याएको थियो भने मिठुअवामा किसानको भकारी फुटाएर धान खाएको थियो ।

शुक्रवार सो हात्तीले बाराको कलैया उपमहानगरपालिका-२ का एक किसानको ज्यानसमेत लिएको छ ।

IME
khanepani