काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीमा पर्सामा वृक्षारोपण

4.89K
shares
khanepani bord

पर्सा । पुर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पुर्वसभापति स्व. गिरिजाप्रसाद कोइरालाको ९८औं जन्मजयन्तीको अवसरमा गिरिजा प्रसाद कोइराला फाउण्डेशन पर्साले वृक्षारोपण गरेको छ ।

फाउण्डेशनले तीन दिने कार्यक्रमको आयोजनामा पहिलो दिन वीरगञ्जको आइसीपी र आर्दशनगरको कबरस्थानमा साल,सिसम,बेल,सफेदा,खैर,औरा,टिक,अशोक लगायत विभिन्न प्रजातिका २२५ वटा रुखको बिरुवा रोपेको हो ।

यस्तै असार २१ गते फाउण्डेशनको कार्यालय आदर्शनगर पानी ट्यांकीमा रक्तदान र्कायक्रमको आयोजना गरेको छ भने असार २२ गते पर्सा जिल्लाका दुईजना सक्रिय पत्रकारलाई जनही २५००० (पच्चीस हजार) सहित सम्मान गर्ने निर्णय गरेको फाउण्डेशन पर्साका अध्यक्ष मोहम्मद सहाबुदिनले बताए ।

IME
khanepani