प्रदेशसभालाई पत्र लेख्दै सांसद रायमाझीले भनिन् : लुम्बिनी सरकारलाई समर्थन छैन

काठमाडौं । लुम्बिनी प्रदेश सरकारको राज्यमन्त्रीबाट राजीनामा दिएकी सुमन शर्मा रायमाझीले शंकर पोखरेल नेतृत्वको सरकारलाई आफ्नो समर्थन नरहेको प्रदेशसभा सचिवालयलाई जानकारी गराएकी छन् ।

रायमाझीले आफूले संसदीय दल र पार्टीको निर्णय विपरीत पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको, तर हाल राज्यमन्त्री पदबाट राजीनामा दिई विपक्षमा रहने निर्णय गरिसकेको संसद सचिवालयलाई जानकारी गराएकी हुन् ।

आइतबार प्रदेशसभा सचिवालयमा पत्र पठाई रायमाझीले अब जनता समाजवादी पार्टीको मूलधारमा रही पार्टी संसदीय दलका नेता सहसराम यादवको नेतृत्वमा काम गर्ने र पोखरेल नेतृत्वको सरकारलाई कुनै किसिमको समर्थन नरहेको उल्लेख गरेकी छन् ।

रायमाझीले शुक्रबार राज्मन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

२०,असार.२०७८,आईतवार १५:०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्