काठमाडौ । काठमाडौ बाढी पहिरोको कारणले गर्दा विभिन्न ठाउँमा धेरै क्षेति पुराएको छ । पानी धेरै परेको कारणले गर्दा विभिन्न ठाउका सडका अवरूद्ध भइरहेको छ भने हजारौं यात्रुले सास्ती पाएका छन्। ५ सवारी साधनमा क्षति पुगेको थियो। पहिरो र विभिन्न ठाउँमा सडक भासिँदा पृथ्वी राजमार्ग र मुग्लिन नारायणगढ सडकमा यात्रुले केही दिनयता दुख पाएका छन्।
पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङमा सडक भासिएको छ। करिब ३० मिटर लम्बाइ सडक भासिँदा सवारी साधन आवागमनमा समस्या भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार केही वर्षदेखि फिस्लिङ खण्डको सडक भासिएको थियो। इञ्जिनियर शिव खनालले सडक भासिएकोले त्यहाँ ग्राभेल राख्ने काम आइतबार सुरू गरिएको जानकारी दिए।
‘अहिले माटो, ग्राभेल र ढुंगा राखेर भासिएको सडक मर्मत थालेका छौं,’ उनले भने, ‘फेरि सडक भासियो भने दीर्घकालीन रूपमा नै मर्मत गर्नुपर्ने हुन्छ।’
सडक भासिँदै गएमा पछि मुग्लिन मलेखु आयोजनाले मर्मत गर्ने उनले बताए।
‘सडकको दबेको भागमा ग्राभेल थप गर्दै तत्काल सडक सुचारू गर्न लागेका हौं,’ उनले बताए।
सडक भासिनुको कारण भने त्रिशूलीको भेलले कटान गर्नु रहेको उनी बताउँछन्। ‘त्रिशूली नदीले बेश कटान गरिराखेको छ, त्यसैले सडक भासिएको हो,’ उनले भने, ‘कटानले नै सडकको भाग विस्तारै विस्तारै तल झरिरहेको छ।’
सानो प्रयासबाट सडक भासिने काम रोक्न नसकिने उनले बताए। तत्काल सडकमा सवारी साधन चलाउन माथिबाट माटो थप गर्न लागेको उनको भनाइ छ।
यस्तो समस्या यसअघि कुरिनटार र मुग्लिन नारायणगढ सडकमा पनि देखा परेको थियो। ‘यस्तो समस्या समाधान गर्न त्रिशूलीको किनारमै गएर उपचार गर्नुपर्ने हुन्छ,’ उनले बताए। सडक भासिएकोले फिस्लिङ क्षेत्रमा मालबहाक सवारी साधन नचलाउन आग्रह गरिएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनले पनि फिस्लिङ क्षेत्रमा ठूला मालबहाक सवारी साधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ। तर यहाँ वैकल्पिक मार्ग नभएकोले जोखिम मोलेरै भासिएको सडकबाट सवारी साधन चलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्