वीरगञ्ज । बारामा पानी जमेको खाल्डोमा डुबेर सात वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१० की सात वर्षीया मनिषाकुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बालिका सोनी इँट्टाभट्टाको पानी जमेको खाल्डोमा नुहाउने क्रममा पानीमा डुबेकी थिइन् । पानीमा डुबेर घाइते भएकी उनलाई उद्धार गरी अस्पताल लैजाँदै गर्दा आइतबार दिउँसो बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।
प्रतिक्रिया दिनुहोस्