काठमाडौंको उपत्यकामा जोरबिजोर हट्यो, पर्सिदेखि सबै सार्वजनिक सवारीसाधन खुल्ला

काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको छ ।

उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउँदै असार मसान्तसम्म लम्ब्याइएको छ ।

जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिने सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।

२०,असार.२०७८,आईतवार १७:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्