भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जना पक्राउ

सप्तरी । भारतबाट लागूऔषध ल्याउँदै गरेका एक युवतीसहित दुई जनालाई सप्तरीबाट सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको सुरूङा नगरपालिका ९ बस्ने ३० बर्षकी रोमा विक र उदयपुरको त्रियुगा नगरपालिका ११ बस्ने ३३ बर्षीय चोलाधर पोखरेल छन् ।

उनीहरूलाई जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका १४ स्थित रम्पुरा मल्हनियाँबाट पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । उनका अनुसार उनीहरूको साथबाट डाइलेक्स डिसी १० एमएलको १० थान, नाइट्रेजेपेम आइपी ट्याब्लेट २० थान र स्पास्पोर मोनप्लस १४४ थान बरामद भएको छ ।

लागूऔषधसहित पक्राउ परेकाहरुलाई नेपाल प्रहरीको जिम्मा लगाइने उनले बताए ।

२०,असार.२०७८,आईतवार २१:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्