काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले झापामा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौँ फर्कँदा भव्य...

पुरा पढ्नुहाेस्

नेपाली सेनाले नेपाल प्रहरीलाई दियो ३०० थान हतियार

5.03K
shares
khanepani bord

काठमाडौं । नेपाली सेनाले नेपाल प्रहरीलाई ३०० सय थान हतियार, एम्युनिशन र सम्बद्ध सामग्री प्रदान गरेको छ ।

जङ्गी अड्डामा सोमबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक (आइजिपी) शैलेश थापा क्षेत्रीलाई हतियार हस्तान्तरण गरेका हुन् ।

सेनापति थापाले ३०० नाल राइफल, एम्युनिशन र सम्बद्ध सामग्रीहरु हस्तान्तरण गरेका हुन् ।

यसअघि २०७७ साउन १४ गते पनि सेनाले सशस्त्र प्रहरी बललाई पनि ६०० वटा इन्सास राइफल दिएको थियो ।

नेपाली सेनाद्वारा नेपाल प्रहरीलाई विभिन्न किसिम (राइफल, सब-मेशिनगन र लाइट मेशिनगन) का १० हजार ८१८ नाल र सोको एम्युनिशन १४ लाख ९४ हजार १६ वटा प्रदान गर्ने छ ।

तीन चरणमा प्रदान गर्ने योजना अनुसार बाँकी हतियार २०७९ साल वैशाखमा उपलब्ध गराइने जङ्गी अड्डाले जनाएको छ ।

उपलब्ध गराइएका हतियार सञ्चालन र मर्मत-सम्भार तालिम पनि नेपाली सेनाले नै दिनेछ ।

IME
khanepani