काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

नारायणकाजी श्रेष्ठले भने, ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो’

5.12K
shares
khanepani bord

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियतामाथि धोकाधडी गरेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकमा बोल्दै श्रेष्ठले विदेशीसँग मिलेमतो गरेर संविधानमाथि प्रहार गरेको आरोप पनि लगाए ।

‘उहाँले राष्ट्रिय स्वाधीनतामाथि गम्भीर धोकाधडी गर्नुभयो,’ श्रेष्ठले भने, ‘उहाँ राष्ट्रिय लम्पासारवादमा जानुभयो । अहिले कालापानीको कुरा उठ्दैन, ईपीजीको कुरा उठ्दैन । विदेशी हस्तक्षेप स्वीकार गरिरहनुभएको छ।’

श्रेष्ठले राष्ट्रियताको रक्षा गर्न पनि संविधान र लोकतन्त्रको रक्षा गर्नुपर्ने जिकिर गरे ।

आफूलाई विशेष समयमा बोल्न दिएको समय १५ मिनेटमात्रै भएकोमा श्रेष्ठले गुनासो गरे । ‘लोकतान्त्रिक संस्कृतिविरुद्ध आत्मकेन्द्रित चिन्तनको उहाँ शिकार हुनुभयो,’ उनले भने, ‘संविधान, लोकतन्त्र गए जाओस् तर पद छोड्दिन्नँ भन्नेतिर जानु भयो ।’

उनले प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको समेत जिकिर गरे।

IME
khanepani