काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सम्भावित विपद्को आँकलन गर्न बाह्रबिसेमा भौगर्भिक अध्ययन तीव्र

5.56K
shares
khanepani bord

सिन्धुपाल्चोक । बाह्रबिसे नगरपालिकाले बाढी र पहिराको उच्च जोखिममा रहेको क्षेत्रमा भौगर्भिक अध्ययनलाई तीव्रता दिएको छ । नगरपालिकाले आइतबार वडा नं ७ को आरूचे, हुण्डुङ, ढकाल गाउँबाट भौगर्भिक अध्ययनको शुरुवात गरेको हो ।

जोखिमपूर्ण बस्तीको भौगर्भिक अध्ययनका लागि भू–गर्भविद्सहितको विज्ञ टोलीको नेतृत्व उपप्रमुख सुशीला पाख्रिनले गरिरहेकी छन् । दोस्रो दिन एउटा टोलीले नागपुजे, भिरखर्क पहिराको शुरूआत बिन्दु घुम्थाङ् टुँडिखेलको फेदी हुँदै घुम्थाङ् शेर्पा बस्तीको सिरानसम्मको अध्ययन पूरा गरेको उपाध्यक्ष पाख्रिनले जानकारी दिइन् ।

अर्को टोलीले भिरखर्क, भिर थाप्लोलगायतका बस्तीस्तरीय अध्ययन गरेको छ । जोखिमपूर्ण बस्तीमा उपप्रमुख पाख्रिनको नेतृत्वमा रहेको भू–गर्भविद्को टोलीले मिहिनसँग अध्ययन गरिरहेको छ । गाउँ पुगेको विज्ञ टोलीलाई इलाका प्रहरी, वडाका प्राविधिक, प्रतिबद्ध संस्थाका इञ्जिनीयर प्रतिनिधिले सहयोग गरिरहेका छन् । विज्ञ टोलीले नगरपालिकाको नौ वटै वडामा अध्ययन गर्ने छ । अध्ययन प्रतिवेदनको फाइनल रिपोर्ट आएपछि नगरपालिकाले विस्तृत योजना बनाएर काम बढाउने उपप्रमुख पाख्रिनले बताइन् ।

‘हामीले भौगर्भिक अध्ययनलाई तीव्रता दिइरहेका छौँ, हाम्रो ठाउँ खासगरी बाढीपहिराको उच्च जोखिममा छ, अध्ययन प्रतिवेदनका आधारमा आगामी दिनमा नगरवासीलाई सुरक्षित बसोबासको प्रबन्ध मिलाउन सहयोग पुग्नेछ’, उपप्रमुख पाख्रिनले भनिन्।’

नगरपालिकाले यसअघि वडा नं– ५ खोराङ बस्तीका बाढीपहिराका कारण उच्च जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारिसकेको छ । खोराङका १६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको उपप्रमुख पाख्रिनले बताइन्।

IME
khanepani