काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

भुपेन्द्रजंग शाहीले भने, ‘कांग्रेस रूपान्तरणका लागि नयाँ प्रस्ताव ल्याउँछु’

4.77K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीको १४औं महाधिवेशनमा कांग्रेस रूपान्तरणका लागि नयाँ प्रस्ताव ल्याउने बताएका छन् । कांग्रेस वैचारिक रूपमा सशक्त भए मात्रै देशमा लोकतन्त्र र संविधानको रक्षा हुने भन्दै उनले नयाँ प्रस्ताव ल्याउने बताएका हुन् ।

काठमाडौंमा सोमबार पत्रकारहरुसँग कुरा गर्दै नेता शाहीले भने, ‘कांग्रेसमा अहिले भावी नेतृत्वको चर्चा भइरहँदा नीतिबारे भने बहस शून्य छ । त्यसैले पार्टीभित्र वैचारिक बहसका लागि राजनीतिक प्रस्ताव ल्याउन लागेको हुँ ।’

वैचारिक विमर्श गर्ने उपयुक्त थलो महाधिवेशन हुने भन्दै शाहीले पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि नयाँ प्रस्ताव ल्याउने लागेको बताए ।

कांग्रेसको विचारलाई सशक्त बनाउने र त्यसलाई तल्लो तहसम्म पुर्‍याउनका लागि जागरण अभियान चलाउने, समानुपातिकबाट एकपटक सांसद बनेको व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्‍याउन नहुने, पार्टीको आन्तरिक निर्वाचनमा पनि समावेशीबाट प्रतिनिधित्व गर्ने पदमा एकपटक भन्दा बढी अवसर नपाउने व्यवस्था कडाइका साथ लागू गर्ने लगायतका प्रस्ताव ल्याउने गरी तयारी भइरहेको नेता शाहीको भनाइ छ ।

तरूण दलका महासचिव र नेविसंघका पूर्वउपाध्यक्षसमेत रहेका शाही पार्टीको आगामी महाधिवेशनमा सहमहामन्त्रीका आकांक्षी हुन् ।

IME
khanepani