गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँका अधिकारी नियुक्त

नेपाली जनता

पोखरा । गण्डकी प्रदेश नीति तथा योजना आयोगको सदस्यमा तनहुँ म्याग्देका डा सुवास अधिकारी नियुक्त हुनुभएको छ । अधिकारीलाई आयोगका उपाध्यक्ष डा रघुराज काफ्लेले सोमबार सपथ गराएका छन ।

आयोगका अध्यक्षसमेत रहेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री कुमार खड्काको उपस्थितिमा उपाध्यक्ष काफ्लेले सपथ गराएका हुन । सपथमा मुख्य न्यायाधिवक्ता रोहितराज बाँस्तोला, मन्त्रालयका सचिव लगायत सहभागी थिए ।

अड्तीस वर्षीय अधिकारीले युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट वातावरण विज्ञानमा विद्यावारिधि हुन । उनले भारतको बैङ्गलोर युनिभर्सिटीबाट माइक्रो बायोलोजीमा स्नातक गर्नुका साथै युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेजबाट एक्सिलेन्ट इन्टरनेसनल स्टुडेन्ट अवार्डसमेत प्राप्त गरेका थिए । अधिकारीले जनप्रिय बहुमुखी क्याम्पस पोखराको माइक्रोबायोलोजी र बायोलोजी विभागमा प्रमुखको समेत जिम्मेवारी सम्हालिसकेका छन ।

यो पनि पढ्नुहोस  मनसुनी वायुको प्रभावले :अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने
२२,असार.२०७८,मंगलवार ०८:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: