जर्मनीले नेपाललाई लगाएको यात्रा प्रतिबन्ध बुधबारदेखि खुला गर्ने

एजेन्सी । जर्मनीले नेपालसहित अन्य तीन मुलुकलाई लगाउँदै आएको यात्रा प्रतिबन्ध खुला गर्ने तयारी गरेको छ । बुधबारदेखि लागु हुने यो नियम बेलायत, पोर्चुगल र रुसलाई पनि लागु हुने भएको छ ।

सबै डोज खोप लगाएका मानिसहरु जर्मनी पुगेपछि क्वारेन्टिनमा बस्नु नपर्ने भएको छ । खोप नलगाएकाले भने १० दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ ।

कोरोनाको डेल्टा भेरिएन्ट फैलिएको बताउँदै जर्मनीले नेपालसहितका मुुलुकलाई यात्रा प्रतिबन्ध लगाएको थियो । पोर्चुगल र बेलायतका लगायतका मुलुकले पनि अहिलेसम्म नेपाललाई लगाएको रोक कायमै राखेका छन् ।

नेपालसहितका यी पाँच मुलुकलाई जर्मनीले अझै संक्रमित संख्या उच्च रहेको मुलुकको रुपमा राखेको छ ।

२२,असार.२०७८,मंगलवार १२:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्