प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय

काठमाडौं । प्रदेश २ सरकारले सवारी साधनमा लाग्ने शुल्क र दस्तुरमा असार मसान्तसम्म जरिवाना नलिने निर्णय गरेको छ ।

कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण सवारी साधनको शुल्क र दस्तुर बुझाउन नसकेको अवस्थालाई ध्यानमा राखी यस्तो निर्णय गरिएको भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले जानकारी दिए ।

निषेधाज्ञाले गर्दा सवारी साधन सञ्चालनमा नआएको र यातायात कार्यालय पनि बन्द रहेकाले सरकारले जरिवाना छुट दिएको उनले बताए ।

२२,असार.२०७८,मंगलवार १५:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्