निको हुने भन्दा संक्रमितको संख्या एक हजारले बढी, आज कोरोना संक्रमणबाट १५ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा २,६३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५०३ जनाको पीसीआर परीक्षणमा १,७१८ र ५,०८२ जनाको एन्टिजेन परीक्षणमा ९१६ जना गरी २,६३४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १,६६५ छ । त्यस्तै कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

२२,असार.२०७८,मंगलवार १७:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्