कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वरमा पुगे

काठमाडौं । नेकपा एमालेको एकताका लागि क्रियाशील बनेको कार्यदल बैठक बस्नुअघि भीम रावल माधव नेपालसँग परामर्श गर्न कोटेश्वर पुगेका छन् ।

नेपाल पक्षका संयोजक रावलले अहिलेसम्मका सहमतिका विषयमा नेपाललाई जानकारी गराएको बताइएको छ । नेपाल समूहभित्रै असन्तुष्टी बढिरहेकाले रावल छलफलका लागि कोटेश्वर गएका हुन् ।

रावलबाहेक वार्ता टोलीका दुवै पक्षका नेताहरू सिंहदरवार पुगिसकेका छन् । वार्ता टोलीबीच अर्थमन्त्रालयमा छलफल भइरहेको छ ।

मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए । त्यसपछिको विकासक्रमलाई समेत बुझेर रावल माधव नेपाल भेट्न गएका हुन् ।

२३,असार.२०७८,बुधबार ११:५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्