
रुपन्देही । रुपन्देही प्रहरीले स्रोत नखुलेको करिब ३२ लाख रुपैयाँसहित एक नेपाली र एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता सत्यनारायण थापाले सिद्धार्थनगर नगरपालिका १ का २१ वर्षीय विनय कलवार र भारत उत्तर प्रदेश नौतनवाका ३५ वर्षीय सुरज गौण पक्राउ परेको जानकारी दिए ।
स्कुटीसहित दुवैै जनालाई नियन्त्रणमा लिइ आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिका–१ वाईपासस्थित इलाका प्रहरी कार्यालय बेलहिया रुपन्देहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विनय कलवारले चलाएको लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी गरेको थियो । सोही क्रममा उनले बोकेको कालो रङगको झोलाबाट स्रोत नखुलेको ३१ लाख ९० हजार बरामद् भएको हो ।
प्रतिक्रिया दिनुहोस्