महोत्तरीमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका ९ सिमरदही गाउँमा विषालु सर्पको डसाइबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुशील सहनीकी २४ वर्षीया श्रीमती विभादेवी सहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सहनीलाई गएराति करीब ९ बजे खाना पकाउने क्रममा विषालु सर्पले डसेको थियो । सर्पको डसाइबाट सिकिस्त भएकी उनलाई उपचारको लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । शव परीक्षणको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ ।

२३,असार.२०७८,बुधबार १४:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्