राप्रपा केन्द्रीय विशेष समितिको बैठकले बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समान विचारधारा भएका समूह र व्यक्तिहरुसँग वार्ता गर्नका लागि वार्ता समिति गठन गरेको छ ।
राप्रपा केन्द्रीय विशेष समितिको बैठकले बुद्धिमान तामाङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको हो ।

समितिको सदस्यमा जगत गौचन र ऋषिबाबु परियार रहेका छन् ।

यसैगरी बैठकले उद्धव पौडेलको संयोजकत्वमा आर्थिक समिति गठन गरेको छ । आर्थिक समितिलाई आर्थिक क्षेत्रसम्बन्धी अन्तरक्रिया कार्यक्रमको जिम्मेवारी दिएको छ ।

यस्तै बुद्धिजीवीहरुसँग अन्तरक्रिया गर्नका लागि भुवन पाठकको संयोजकत्वमा प्राध्यापक डा. जयन्तनाथ खनाल र प्राध्यापक डा. यादवप्रसाद ढुंगाना रहेको आयोजक समिति पनि गठन गरिएको राप्रपाले जनाएको छ ।

२३,असार.२०७८,बुधबार १९:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्