मोबाइल सेटको आईएमईआई दर्ता प्रणालीमा अवरोध
वि.सं.२०७८ असार २४ बिहीवार ०८:५२
shares
BERLIN, GERMANY - SEPTEMBER 19: A shopper ltries out the new Apple iPhone 6 at the Apple Store on the first day of sales of the new phone in Germany on September 19, 2014 in Berlin, Germany. Hundreds of people had waited in a line that went around the block through the night in order to be among the first people to buy the new smartphone, which comes in two versions: the Apple iPhone 6 and the somewhat larger Apple iPhone 6 Plus. (Photo by Sean Gallup/Getty Images)
काठमाडौं । मोबाइल सेटको आईएमईआई दर्ता प्रणालीमा अवरोध आएको छ । एकै पटक धेरैले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गर्न खोजेपछि प्रणालीमा समस्या आएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणले मोबाइल सेटको गैरकानूनी आयात, बिक्री, वितरणलाई निरुत्सान गर्नका लागि दर्ता गर्ने प्रावधान ल्याएको छ । जसअनुसार देश बाहिरबाट ल्याइएका मोबाइलको आईएमईआई अनिवार्य दर्ता गर्नुपर्ने हुन्छ । तर, सबैले दर्ता गर्न थालेपछि दर्ता प्रणालीमै समस्या आई अवरोध भएको प्राधिकरणले जनाएको छ ।
नयाँ प्रवाधान अनुसार आईएमईआई दर्ता नभएका मोबाइल सेट चल्ने छैनन् । साउन १ गतेदेखि नै यस्ता मोबाइल सेट चलाउन नमिल्ने गरी काम गरे पनि दर्ता प्रणालीमै समस्या भएपछि यो प्रक्रिया रोकिएको छ ।
मोबाइल प्रयोगकर्तमा अन्योलता बढेपछि प्राधिकरणले सूचना जारी गरी नियमअनुसार आयात भई नेपालमै खरीद गरी चलाएका मोबाइलको आईएमईआई दर्ता गर्नु नपर्ने बताएको छ ।
हाल दर्ता प्रणालीमै समस्या भएकोले विदेशबाट ल्याएका मोबाइल सेटमा पनि तत्कालका लागि सेवा अवरुद्ध नहुने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।
अवरुद्ध प्रणाली सञ्चालन भएमा भने विदेशबाट ल्याएएका मोबाइलको आईएमईआई अनिवार्य रुपमा गर्नु पर्ने छ । अन्यथा मोबाइलबाट उपलब्ध सेवा सञ्चालन नहुने प्राधिकरणले जनाएको छ ।
साथै नेपालबाटै नयाँ मोबाइल सेट खरीद गर्दा पनि आईएमईआई दर्ता भएका सेट भ्याट बिलसहित खरीद गर्न प्राधिकरणले आग्रह गरेको छ । यसरी खरीद गर्दा ग्राहकले अर्को कुनै झन्झट व्यहोर्नुपर्ने छैन ।























