माधव नेपाललाई भेटेर भीम रावल फर्किएपछि, नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू

काठमाडौं । नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ ।

बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए ।

राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

२४,असार.२०७८,बिहीबार १२:४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्