काठमाडौं । सधैँ आक्रामक र प्रत्यक्ष राजनीतिक भाषाशैलीका लागि परिचित नेकपा एमालेका अध्यक्ष केपी...

पुरा पढ्नुहाेस्

कर्णाली प्रदेशसभाको बैठक बिहीबार पनि स्थगित

6.51K
shares
khanepani bord

कर्णाली । कर्णाली प्रदेशसभाको बैठक बिहीबार पनि स्थगित भएको छ । आर्थिक वर्ष २०७८ ७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन ।

एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए ।

सभामुख राजबहादुर शाहीले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताए । कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो’, उनले भने, जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।’

रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री छन् । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराएका छन् ।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उनीहरुसहित प्रकाश ज्वाला पुनर्वहाली भएका थिए । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आएका छन् । एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ ।

IME
khanepani