जनकपुरधाम । मधेश प्रदेशकी उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षमा थुनिएका सात राजनीतिक दलका सांसदहरू...

पुरा पढ्नुहाेस्

सहकुल थापा एआईजीमा बढुवा

4.36K
shares
khanepani bord

काठमाडौं । बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो।

बैठकले गृह मन्त्रालयको बढुवा सिफारिसलाई सदर गरेको हो। बढुवा समितिले असार १४ गते थापालाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

एआईजीमा बढुवा भएसँगै अब थापाले भावी आइजीपीका लागि अर्का एआईजी विश्वराज पोखरेलसँगै प्रतिस्पर्धा गर्नेछन्। यसअघि सरकारले थापाकै ब्याची विश्वराज पोखरेललाई एआईजीमा एकल बढुवा गरेको थियो।

थापाले सिआईबी र अपराध महाशाखाको प्रमुखका रुपमा काम गरिसकेका छन्। उनले चितवन, काभ्रेलगायतका जिल्लाको पनि प्रमुख भएर काम गरेका थिए।

अहिले नेपाल प्रहरीमा प्रशासनतर्फ चार एआईजी छन् । हरिबहादुर पाल, निरज शाही र प्रद्युम्न कार्की आईजीपी शैलेश थापाका व्याची हुन्। उनीहरू थापासहित आगामी वैशाखमा अवकाशमा जानेछन्।

khanepani