काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने

6.58K
shares
khanepani bord

काठमाडौं । विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ ।

नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताएका छन् ।

स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताइएको छ ।

IME
khanepani