नेपाल र चीनसहित पाँच मुलुकले शुभारम्भ गरे आपतकालिन आपूर्ति संयन्त्र

काठमाडौं । नेपाल र चीनसहितका पाँच मुलुकले संयुक्तरुपमा आपतकालिन आपूर्ति संयन्त्र शुभारम्भ गरेका छन् ।

पाण्डाको बासस्थान भनिने चीनको छेङ्दुमा चीनसहित दक्षिण एसियाली मुलुकहरु नेपाल, अफगानिस्तान, पाकिस्तान, श्रीलंका र बंगलादेशले इमर्जेन्सी सप्लाइज रिजर्भको उद्घाटन गरे ।

सम्बन्धित मुलुकका राजदूतहरु सो अवसरमा उपस्थित थिए । यो संयन्त्रले यस क्षेत्रमा हुने प्राकृतिक बिपद् र स्वास्थ्य संकटविरुद्ध जुध्न कार्य गर्ने भएको छ ।

केही महीनाअघि ती पाँच मुलुकका परराष्ट्रमन्त्रीहरुसँगको भर्चुअल छलफलमा चीनले संयन्त्र स्थापनाको प्रस्ताव गरेको थियो ।

२६,असार.२०७८,शनिबार १४:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्