पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ जनाको निधन

काठमाडौं । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप ४ सय १४ जना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा ३ सय ३, ललितपुरमा ६० जना र भक्तपुरमा ५१ जना संक्रमित थपिएका हुन्।

काठमाडौंमा ५३३५, भक्तपुरमा १०२४ र ललितपुरमा १३२३ गरी ७६८२ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा २१६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा १० हजार ४ सय १७ परीक्षणबाट उक्त संख्यामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार मुलुकभरमा ६५३० जनाको पिसिआर परीक्षणबाट १३५३ जनामा संक्रमण पुष्टि भएको छ भने ३८८७ जनाको एन्टिजेन परीक्षणबाट ८१६ जनामा पुष्टि भएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १४३२ जना संक्रमणमुक्त भएका छन्।

यस्तै २२ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ।

२६,असार.२०७८,शनिबार १९:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्