काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप दिन्छौं’

4.39K
shares
khanepani bord

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबैजसो नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइसक्ने बताएका छन् । आइतबार काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै उनले खोप अभावमा कोही तडि्पन नपर्ने बताए ।

‘२०२१ भित्रमा भ्याक्सिन लगाइसक्ने गरी हामी प्रयास गरिरहेका छौं, केही समस्या आइपरेमा त्यो भन्दा पर पनि जान सक्छ’ उनले भने, ‘तर भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’

प्रधानमन्त्री ओलीले विगतमा केही समय कोरोना खोप अभाव हुने स्थिति देखिए पनि अब लगातार खोप आउने बताए । ‘हामी सबै नागरिकलाई खोप लगाएर सुरक्षित राख्न सक्छौं, तर जबसम्म संसारबाट (कोभिड१९) समाप्त हुँदैन, हामी सजग हुनुपर्छ ।’

कोरोना खोप ल्याउनका लागि सरकारले नयाँ नयाँ सम्झौता गरिरहेको र त्यसका लागि संवाद गरिरहेको पनि प्रधानमन्त्री ओलीले बताए ।

IME
khanepani