
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले कम्युनिस्टका कारण मुलुक बन्धक भइरहेको टिप्पणी गरेका छन् ।
आइतबार राष्ट्रिय सभामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
‘कम्युनिस्ट कोरोना र प्रकोपको ताण्डपबाट मुलुक र जनताले कहिले मुक्ति पाउँछन् ? सदन र सडक र मिडियाबाट जे जस्तो कुराहरु आए पनि मुख्य चुरो कुरो यही नै हो । कम्युनिस्टका कारण मुलुक बन्धक भइरहेको छ’ पन्थले प्रश्न गरे, ‘कम्युनिस्टका नाटक र नौटङ्कीबाट मुलुकले कहिले निकास पाउँछ ?’
सांसद पन्थले नागरिकले समयमै खोप नपाएको, किसानले समयमै मल नपाएको, समयमै बाढी पहिरो रोकथामको उपाय अपनाउने र अध्ययन गर्नेतिर ध्यान नदिएको आरोप लगाए ।
कोरोना उपचारमा मनोमानी शुल्क लिने गरेको चौतर्फी सुन्दा पनि सरकारले नसुनेझैँ गरेको भन्दै सरकारको जवाफ माग गरे ।
प्रतिक्रिया दिनुहोस्