एमाले अध्यक्ष ओलीले बोलाए पर्सि मंगलबार विहान ११ बजे केन्द्रीय कमिटी बैठक बालुवाटारमा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठक बोलाएका छन् । पर्सि मंगलबार विहान ११ बजे बालुवाटारमा बैठक बोलाइएको हो ।

प्रतिनिधिसभा विघटनको मुद्दामा सर्वोच्च अदालतले भोलि फैसला दिनसक्ने अनुमान छ । त्यसको भोलिपल्ट बैठक बोलाउनुलाई अर्थपूर्ण मानिएको एक नेताले बताए ।

पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले केन्द्रीय सदस्यहरुलाई पठाएको एसएमएसमा २९ गते बालुवाटारमा बैटक राखिएको उल्लेख छ । बैठकको एजेण्डा भने खुलाइएको छैन ।

२७,असार.२०७८,आईतवार २१:१५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्