काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै इटाली च्याम्पियन

5.99K
shares
khanepani bord

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३(२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ।

सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालामा निर्धारित र अतिरिक्त समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो।

पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए। इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो।

पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए।

यस्तै इंग्ल्यान्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो। लगत्तै इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे।

इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे।

इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाए।

पेनाल्टी सुटआउटमा इटालीका लागि बेरार्डी, बोनुची र बर्नार्डिचीले गोल गरे। इंग्ल्यान्डका ह्यारी केन र ह्यारी माग्युर मात्र पेनाल्टीमा सफल भए।

युरो कपमा सन् १९७६ पछि पहिलो पटक उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट भएको हो।
त्यसअघि खेलमा अग्रता घरेलु टिम इंग्ल्यान्डले लियो। दोस्रो मिनेटमै लुक शाले गोल गर्दै घरेलु समर्थकलाई खुसी दिएका थिए।

उनले ट्रिपियरले उपलब्ध गराएको क्रसमा गोल गरेका थिए। यो युरो फाइनलमा भएको अहिलेसम्मकै छिटो गोल गरे। शाका लागि भने यो पहिलो अन्तर्राष्ट्रिय गोल हो।

पहिलो हाफमा इटालीले गोल गर्ने दुई अवसर खेर फालेको थियो। फेडेरिको चिएसा र इनसाइनले प्राप्त अवसरलाई सदुपयोग गर्न सकेनन्।

६७ मिनेटमा इटालीले बराबरी गोल फर्कायो। इटालीका लागि लियोनार्दो बोचुनीले रिबाउन्डमा गोल गर्दै खेललाई १(१ को अवस्थामा ल्याएका थिए।

त्यसअघि बेरार्डीको क्रसमा भेराटीको शक्तिशाली हेडरलाई इंग्लिस गोलकिपर पिकफोर्डले फर्काएका थिए।

दोस्रो हाफदेखि इटालीले खेलमा नियन्त्रण बनाए पनि गोल गर्न भने संघर्ष गर्नु पर्‍यो।

निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि थप गरिएको ३० मिनेट समयमा पनि इटाली सफल हुन सकेन।

इटालीका फेडेरिको बर्नार्डिचीले पाएका दुई अवसर खेर फालेका थिए। यस्तै खेलको अन्त्यतिर इटालीका ब्रायन क्रिस्टनको हेडरले पनि गोल गोल पोस्टको दिशा लिन सकेन।

इटालीले दोस्रो पटक युरो कपको उपाधि जितेको हो। यसअघि उसले सन् १९६८ मा पहिलो उपाधि जितेको हो। दोस्रो उपाधि जित्न इटालीले ५३ वर्ष कुर्नु पर्‍यो।

यसअघि इटाली सन् २०१२ को फाइनलमा पुगे पनि स्पेनसँग पराजित हुँदा उपाधिबाट बञ्चित भएको थियो।

यता ५५ वर्षपछि मुख्य प्रतियोगिताको उपाधि जित्ने इंग्ल्यान्डको लक्ष्य भने पूरा हुन सकेन। इंग्ल्यान्डले सन् १९६६ को विश्वकप जितेपछि कुनै पनि प्रतियोगिताको उपाधि जित्न सकेको छैन।

इंग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनलमा पुगेको थियो।

IME
khanepani