काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

स्थायी कमिटी बैठक तत्कालै बोलाउन, अध्यक्ष ओली र महासचिव पोखरेल परामर्श

5.33K
shares
khanepani bord

काठमाडौं । पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई अनुमोदन गर्न नेकपा एमाले स्थायी कमिटी बैठक आज तत्कालै बस्ने भएको छ । बैठक बोलाउनका लागि अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलबीच परामर्श भइरहेको छ ।

कार्यदलले सम्झौता अनुमोदनका लागि स्थायी कमिटी बैठक राख्न अध्यक्ष र महासचिवलाई आग्रह गर्ने लिखित सहमति गरेको थियो । कार्यदलका सदस्यहरुले ओलीलाई भेटेर बैठक आज विहानै राख्न आग्रह गरेका थिए ।

एमाले स्रोतका अनुसार वैठक विहान ११ बजेभित्रै बस्नेगरी अध्यक्ष र महासचिवबीच छलफल भइरहेको छ । माधव नेपालसँग समेत अध्यक्ष ओलीले बैठकका सन्दर्भमा कुराकानी गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ ।

यसअघि आइतवार डाकिएको बैठक सहमतिमा हस्ताक्षर हुन ढिला भएकाले आज साँझ ५ बजेसम्मलाई स्थगित भएको थियो । पार्टी एकताको सहमति भएपछि बैठक तत्कालै बोलाएर सम्झौता अनुमोदन गर्ने तयारी भइरहेको छ ।

माधव नेपालले भने सम्झौताप्रति अशन्तुष्टि जनाएका छन् । उनी सर्वोच्चको फैसलाअघि बैठकमा सहभागी हुने सम्भावना नरहेको उनी निकट स्रोतले जनाएको छ ।

IME
khanepani