सर्वोच्चको फैसला लगत्तै विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेलगत्तै आगामी योजनाबारे छलफल गर्न विपक्षी गठबन्धनको बैठक बस्दै छ ।

बैठक साँझ ५ बजे सिंहदरबारमा बस्न लागेको गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दूर्गा पौडेलले जानकारी दिइन् । बैठक कांग्रेस दलको कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

‘बैठकमा सर्वोच्च अदालतको फैसलाबारे समीक्षा गर्दै आगामी योजनाबारे छलफल गर्छौं,’ पौडेलले भनिन् । उनले सर्वोच्चको फैसलालाई राष्ट्रिय जनमोर्चाले स्वागत गरेको बताइन् ।

‘यो आदेशको विकल्पै थिएन, त्यसैले मलाई स्वाभाविक लागेको छ,’ उनले भनिन्, ‘प्रतिगमनविरुद्धको हाम्रो कदम सफल भएको छ ।’

२८,असार.२०७८,सोमबार १४:२० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्