
काठमाडौं । राष्ट्रियसभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राज्यका सबै संयन्त्रले दुःख पाएको आरोप लगाएका छन् ।
प्रधानमन्त्री ओलीलाई असहज हुँदा कोरोना संक्रमण बढ्ने र लकडाउन हुने तर सहज हुँदा कोरोना नलाग्ने जस्तो गरिने गरेको उनको भनाइ छ ।
सोमबार राष्ट्रियसभाको बैठकमा बोल्दै सांसद बिडारीले भने, ‘कोरोना रोग प्रधानमन्त्रीको प्रेमिकाजस्तो बनेको छ । प्रधानमन्त्रीलाई असहज भयो कि यो उफ्रेर नेपालमा आउँछ । अनि निषेधाज्ञा, लकडाउन, बन्दाबन्दी बन्छ । प्रधानमन्त्रीलाई सजिलो भएपछि यो जान्छ ।’
प्रतिक्रिया दिनुहोस्