काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने, अब विधिको शासन कायम हुन्छ

7.02K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाबाट संविधान र लोकतन्त्र रक्षाका लागि मद्दत पुगेको भन्दै देउवाले अब मुलुकमा विधिको शासन कायम हुने बताए ।

‘ओलीजीले बारम्बार संविधान मिच्नुभएको थियो । हामीले असंवैधानिक कदमको विरोध गर्दै आएका थियौँ । सर्वोच्चको आदेशपछि विधिको शासनको जित भएको छ’, देउवाले भनेका छन् ।

संसद पुनःस्थापनाको पक्षमा रहेका सबै दलसँग छलफल र परामर्श गरेर अगाडि बढ्ने समेत बताएका छन् । ‘गठबन्धनको बैठक बस्दैछौँ । सबैसँग सल्लाह गरेर अगाडि बढ्छु’, देउवाले भने ।

र्वोच्चले संसद पुनःस्थापनासँगै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश समेत जारी गरेको छ ।

IME
khanepani