देउवाको आग्रह, ‘सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन’

5.46K
shares
khanepani bord

काठमाडौ । काठमाडौ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा नलिन आग्रह गरेका छन्।

उनले देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको उल्लेख गरेका छन्।

सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो।

देउवाले आज अपरान्ह विज्ञप्ति निकालेर यसलाई जितहारको रूपमा नलिन भनेका छन्।

‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ। कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,’ देउवाले भनेका छन् ।

साथै उनले सर्वोच्चको फैसला ऐतिहासिक भनेका छन् भने फैसलाको स्वागत गरेका छन्।

IME
khanepani